काठमाडौं । आज बुधबार सुन चाँदीको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज तेजावी सुन पनि २ सय रुपैयाँले नै घटेर आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेर तोलामा १ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।