काठमाडौँ । उपसभामुख इन्दिरा रानाले विद्युतीय सामग्रीको प्रयोग बढाउन आह्वान गरेकी छन् ।
बुधवार विश्व वातावरण दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले जलवायु परिवर्तनको असर दिन प्रतिदिन बढिरहेको भन्दै असर न्युनिकरणका लागि सबैले पहल गर्न आवश्यक रहेको जनाइन् । उनले हरेक दिनचर्यामा जलवायु परिवर्तन कम गर्ने कार्यमा लाग्नुपर्ने जनाइन् ।
उनले अहिले हिमालमा हिउँ पर्न छोडेको, हिमालहरु पहाड बन्दै गएको, उर्वराशक्तिमा ह्रास आउनुले जलवायु परिवर्तनको असर कस्तो छ रु भन्ने अनुमान गर्न सकिने बताइन् । उनले जलवायु परिवर्तनका असर कम गर्न एक्शन प्लान बनाएर काम गर्न जरुरी रहेको जनाइन्