Thursday, December 5Nepal News Portal
Shadow

अध्यक्ष ढकाल भन्छन् नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व शर्त भएको जनाएका छन । महासंघमा मंगलबार आयोजित राजश्व सम्वद्ध चार महानिर्देशकहरुसंगको छलफल कार्यक्रममा अध्यक्ष ढकालले हरेक बर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको जनाए ।

आन्तरिक राजश्व विभाग, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरुको उपस्थितिमा महासंघमा आयोजि कार्यक्रममा अध्यक्ष ढकालले कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्तशुल्कका बिषय आउन थालेको विवाद, नयाँ करका दरहरु लगायतका बिषयमा सरकार सम्मेवदनशील हुनपर्ने जनाए ।

कार्यक्रममा नेपाल राष्ट बैंकका निर्देशक एवं सम्पत्ति शुद्धिकरण अनुसन्धान विज्ञ हरि नेपालले सम्पत्ति अभिलेखीकरणको मोडालिटिबारे थप छलफल आवश्यक रहेको जनाए ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान आयोगका महानिर्देशक कमल भटराईले यो बिषय अन्तराष्टिय स्तरमा रहेको हुँदा लगानी निरुत्साहित नहुने गरि सुधार गर्दै जानुपर्ने जनाए ।

आन्तरिक राजश्व विभागका महानिर्देशक शिवलाल तिवारीले निजी क्षेत्र मैत्री कर प्रशासन बनाउन सरकार प्रयासरत रहेको जनाए । बजेटमा भएको व्यवस्था कार्यान्वयनमा जाने वताउनुहुँदै केहि कतै समस्या भए सुधार गरिने बताए ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्