भारतले जारी आईसिसी टि-२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा सहज जित दर्ता गरेको छ । न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्यान्ड माथि ८ विकेटको सहज जित दर्ता गरेको हो ।
आयरल्यान्डले दिएको ९७ रनको सहज लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट गुमाएर भेटायो । भारतका लागि कप्तान रोहित शर्माले ३७ बलमा ४ चौका र ३ छक्का सहित ५२ रन प्रहार गरे । ऋषभ पन्त २६ बलमा २६ रन बनाएर अविजित रहे ।
आयरल्यान्डका लागि मार्क एडेयर र बेन व्हाइटले १.१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले १६ ओभरमा समेटिनु अघि ९५ रन बनायो । आयरल्यान्डका लागि ग्यारेथ डिलेनीले सर्वाधिक २६ रन बनाए भने जोशुवा लिटलले १४ रन जोडे ।