Friday, December 6Nepal News Portal
Shadow

नेष्डो समृद्ध लघुवित्तको एजीएम आज हुँदै


काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आज जेठ २५ गते शुक्रबार पाँचौं वार्षिक साधारण सभा गर्दैछ । सभा आज पर्वत जिल्लाको कुश्मास्थित रोयल कुश्मा रिसोर्टमा अपरान्ह १२ः३० बजेदेखि शुरु हुने बताएको छ । कम्पनीको गत बैशाख २९ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो । यस वर्ष संस्थाले लाभांश नदिने निर्णय गरेको छ ।

सभाले अन्य एक वा एकभन्दा बढी वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र संशोधनका विषयमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन गर्न निर्देशन भएमा पनि सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै चालू आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । सभाले चार जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्