Saturday, April 19Nepal News Portal
Shadow

अध्यक्ष सूर्यप्रसाद भन्छन् बजारलाई चलायमान बनाउन नियामकहरुबीच समन्वय आवश्यक


काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नियामक सबै निकायले आपसमा समन्वय गरेर बजारलाई सुरक्षित र चलायमान बनाउनुपर्ने जनाएका छन्।

नेपाल धितोपत्र बोर्डको ३२ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित एक समारोहरलाई सम्बोधन गर्दै अध्यक्ष सिलावलले यस्तो धारणा राखेका हुन्। ‘चाहे त्यो बीमा बजार वा पुँजी बजार, सबैलाई सुरक्षित चलायमान बनाउन नियामकहरुबीच समन्वय हुनुपर्छ’, उनले बताए ।

अध्यक्ष सिलवालले वित्तीय बजारमा बीमा र पुँजी बजार दुवै पर्ने भएकोले नियामकहरु सबैबीच समन्वय आवश्यक रहेको जनाए। ‘नियामकले बजारलाई गतिशील बनाउन आवश्यक नीतिनियम ल्याउन आवश्यक हुन्छ, यस्तो भएको खण्डमा मात्रै आमसर्वसाधारणको विश्वास बढ्छ’, उनले भने, ‘यसका लागि सबै नियामकले आवश्यक सहकार्य गर्नुपर्छ।’

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्