Saturday, April 19Nepal News Portal
Shadow

अध्यक्ष राना भन्छन् सरकारले चाँडोभन्दा चाँडो कार्यकारी अध्यक्ष दिओस्


काठमाडाैं । सरकारले पाँच महिनादेखि रिक्त रहेको धितोपत्र बोर्डको कार्यकारी अध्यक्षको पद बहाली गर्नुपर्ने बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाले जनाएका छन्।

संक्रमणकालीन अवस्थाको लागि अर्थमन्त्रालयका प्रतिनिधि नै बोर्डको अध्यक्षको रूपमा रहन सक्ने व्यवस्थालाई लम्ब्याएर सरकारले नीतिगत छिद्रताको दुरूपयोग गरेको कर्मचारी संगठनहरूले आरोप लगाएसँगै रानाले यस्तो जनाएका हुन्।

धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा रानाले भने ५ महिनादेखि बोर्डमा कार्यकारी अध्यक्ष छैनन्, सरकारले रिक्त रहेको यो पद बहाली गरोस् भन्ने मेरो धरणा हो ।

आफूले पाँच महिनादेखि रोकिएका कामहरू सुरू गर्न लागेको र हालै सञ्चालक समितिको एउटा बैठक डाकेको समेत उनले जानकारी दिएका छन्

उनले धितोपत्र बोर्डको काम अन्य नियामकहरूले समेत हेर्न सक्ने र यसलाई अन्यथा मान्न नहुने समेत जनाए।

समितिमा सांसदहरूको प्रतिनिधित्व हुने भएकोले धितोपत्र बोर्डसम्बन्धमा आवश्यक देखिएका नियम, कानुन बनाइदिन पर्ने समेत राणाले जनाएका छन्।

त्यस्तै, कार्यक्रममा राजस्व सचिव राम प्रसाद घिमिरेले धितोपत्र बोर्डको भवनको लागि आफूले सहजीकरण गर्ने प्रतिबद्धता बताएका छन्। उनले अब धितोपत्र बोर्ड जोखिममा आधारित सुपरीवेक्षण मै जानु पर्ने जाएका हुन्।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्