Sunday, February 16Nepal News Portal
Shadow

नेपाल लाइफ क्यापिटलले असार ११ गते देखि हकप्रद शेयर निष्कासन गर्ने


काठमाडौं । नेपाल लाइफ क्यापिटलले असार ११ गते देखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । क्यापिटलले जेठ २५ गते सम्म कायम संस्थापक शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

संस्थापक शेयरधनीले आफ्नो हाल कायम शेयरको अनुपातमा हुन आउने हकप्रद शेयर खरीद गर्न लागि क्यापिटलले अनुरोध गरेको छ । आवेदन पेश गर्ने अन्तिम दिन असार २५ गते कार्यालय समय सम्म रहेको छ ।

तोकिएको समय अवधिभित्र संस्थापक शेयरधनीले आवेन नदिएमा कम्पनीको नियामावलीमा भएको ब्यवस्था अनुसार सञ्चालक समितिले तोकेको शर्त र तरिकाबाट विक्री गर्ने पनि जनाएको छ । हकप्रद शेयर खरीदका लागि शेयरधनीहरुले नेपाल लाइफ क्यापिटलको कारोबार कार्यालय कमलपोखरी सिटी सेन्टर काठमाडौमा आवेदन दिन सक्नेछन् ।

शेयरधनीहरुले ग्लोबल आइएमई बैंकमा रहेको यस कम्पनीको खाता नम्बर ३०१०१०१०००२२७२ र आइसीएफसी फाइनान्स नक्सालमा रहेको यस कम्पनीको खाता ०१००१०००४०३२००००००३ मा रकम बुझाउन सक्नेछन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्