काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि यस क्षेत्रमा विभिन्न करहरु हटाउने कुरामा सरकार लागि परेको र सम्बोधन हुने जनाएका छन् ।
आज नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को ५७ औँ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री तामाङले नेपालमा अधिकतम बिदेशी पर्यटक ल्याउन नयाँ गन्तव्यको खोजीका साथै पूर्वाधारमा सुधार सहित नयाँ योजना अघि बढाइएको जनाए ।
उनले आन्तरीक र बाह्य पर्यटकलाई गर्मी र फुर्सदको मौसममा जान सक्ने गरी ईको हिल स्टेसन बनाउने सोचेको र काठमाडौं उपयत्यकासँग जोडिएको महाभारतको श्रृखलामा सरकारको तर्फबाट सरकारले पुर्वाधार तयार पार्ने र सरकार र निजी क्षेत्रले लगानी गर्ने गरी यो योजना अघि बढाइएको जनाए ।