Tuesday, June 18Nepal News Portal
Shadow

कुमारी बैंक र यूएसएड ट्रेडबिच वित्तीय साक्षरता अभिवृद्धि गर्ने सम्झौता


काठमाडौं । कुमारी बैंक लिमिटेडले लघु, साना तथा मझौला उद्योग–व्यवसाय वित्तीय साक्षरता कार्यक्रमका लागि यूएस एड ट्रेड एन्ड कम्पेटिटिभनेस सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत यूएस एड ट्रेड एन्ड कम्पेटिटिभनेसले बैंकलाई नेपालभरका लघु, साना तथा मझौला उद्योग व्यवसायी माझ वित्तीय साक्षरता अभिवृद्धि गर्ने पहलमा सहयोग गर्नेछ । बैंकले यस कार्यक्रम मार्फत १०,००० नयाँ लघु, साना तथा मझौला उद्योग व्यवसायी लाई ‘बैंकिङ र क्रेडिट रेडी’ बनाउन बित्तिय सहयोग गर्ने छ ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा गर्दै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता बताएको छ ।

Total Page Visits: 33 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्