Wednesday, March 12Nepal News Portal
Shadow

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा थापा नियुक्ती


काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा नियुक्ती भएका छन् । कम्पनीको संञ्चालक समितिको बैठले थापालाई अध्यक्ष पदमा नियुक्ती गरेको हो ।

नवनियुक्त थापाले शुक्रबार डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग सपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागिय परिवर्तन पश्चात नेपाल क्लियरिङ्ग हाउसमा गरिदै आएको प्रतिनिधित्व समेत परिवर्तन भएको हो ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थापाको केन्द्रिय बैंकको विभिन्न विभागमा २१ वर्ष भन्दा बढि काम गरेको अनुभव रहेको छ ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्