Thursday, January 23Nepal News Portal
Shadow

साल्ट ट्रेडिङ्ग कर्पोरेशनले वितरण गर्‍यो १५ प्रतिशत बोनस शेयर


 

काठमाडौं । साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेडले यस वर्षको १५ प्रतिश बोनस शेयर वितरण गरेको छ । कम्पनीले चैत २३ गते सम्पन्न ५७ औं वार्षिक साधारण सभाबाट पारित भएको उक्त बोनस शेयर एक महिनाभित्र वितरण गरेको हो ।

धितोपत्र दास्रो बजारमा जेठ २१ गते बोनस शेयरवापत्को शेयर सूचिकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीहरुको हितग्राही खाता जम्मा गरेको हो । चैत ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् । चैत ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यशहरुको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भैसकेको भए फुुकुुवा गर्न समेत कम्पीले बताएको छ ।

कम्पनीको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ । बोनस शेयर हितग्राही खातामानै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथासिघ्र खोली आफ्नो बोनस प्राप्त गर्न समेत कम्पनीले भनेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्