Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा लामिछाने चयन – Udhyognews.com
Thursday, March 20Nepal News Portal
Shadow

नेष्डो समृद्ध लघुवित्तको अध्यक्षमा लामिछाने चयन


 

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सावित्री खत्री क्षेत्री लामिछाने चयन भएकी छन् । कम्पनीको गत जेठ २५ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभा पछि बसेको सञ्चालक समितिको पहिलो बैठकले उनलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

सभाले चार जना सञ्चालक चयन गरेको छ । संस्थापक शेयरधनीबाट चयन हुने चार जना सञ्चालकमध्ये संगठित संस्था नेष्डो नेपालको तर्फवाट सावित्री खत्री क्षेत्री लामिछाने, निर्मला क्षेत्री र रेशम बहादुर खत्री साथै अन्य संस्थापक सदस्यहरुको तर्फबाट रत्न प्रसाद अधिकारी सञ्चालकमा चयन भएका हुन् ।

साथै सोही बैठकले जोखिम व्यवस्थापन समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रत्न प्रसाद अधिकारी र कर्मचारी सेवा सुविधा समितिको संयोजकमा गैर कार्यकारी सञ्चालक रेशम बहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्