Monday, June 17Nepal News Portal
Shadow

वार्षिक मौद्रिक नीतिको तयारीमा जुट्यो राष्ट्र बैंक, माग्यो राय -सुझाव


काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीतिको तयारीमा जुटेको छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष सकिन १ महिना केही दिन बाँकी रहँदा आगामी आर्थिक वर्षको वार्षिक मौद्रिक नीतिको तयारीमा जुटेको हो। यसका लागि बैंकले सरोकारवाला निकायहरुसँग राय–सुझाव मागेको छ।

राष्ट्र बैंकले आउँदो असार १६ गतेसम्म राय–सुझाव पठाउन सरोकारवालालाई समय दिएको छ। उक्त समयावधिभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा फ्क्यास वा ई–मेलमा सुझाव पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

 

 

 

 

Total Page Visits: 51 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्