Tuesday, June 25Nepal News Portal
Shadow

आइएमई लाइफद्वारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी


काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सल्यान कालिमाटी गाउँपालिका वडा नं २ निवासी मेघराज वलीको परिवारलाई १४ लाख रुपैयाँको मृत्यु दाबी भक्तानी दिएको छ । रोजगारको शिलशिलामा मलेसियामा केही महिना अगाडि वलीको मृत्यु भएको थियो । मृत्यु दाबी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामै कम्पनीले मूत्यु दाबी भुक्तानी दिएको हो ।

मृतक वलिको परिवारलाई १४ लाख रुपैयाँको चेक शनिबार हस्तान्तरण गरिएको हो । १ वर्ष अगाडी आइएमई लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका वलीको मृत्यु पश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच कार्यलयमै बोलाई दाबी भुक्तानी दिएको हो ।

मृतक बीमितको परिवारलाई आइएमई लाइफ इन्स्योरेन्स कम्पनी तालिम बिभाग प्रमुख सुनिल आचार्य र आईएमई लाइफ इन्स्योरेन्स लुम्बिनी र कर्णाली प्रदेश प्रमुख प्रेम तिमिल्सिनाले बीमा बाफतको रकम हस्तान्तरण गरेका थिए

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्