Sunday, March 16Nepal News Portal
Shadow

सुदूरपश्चिम प्रदेशमा श्रमाधान रोजगार मेला सुरु


काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सात वटै प्रदेशमा सञ्चालन गरिरहेको श्रमाधान रोजगार मेला सुदूरपश्चिम प्रदेशमा आइतबारबाट सुरु भएको छ ।

मेलाको उद्घाटन गदै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्यमशीलता र रोजगारीको लागि अहिले अति आवश्यक रहेकाले मेलाले रोजगार दाता र रोजगारी खोज्ने बीच समन्वय कायम गर्ने विश्वास व्यक्त गरे ।

मेलाले स्वदेशमा रोजगारीको अवसर सिर्जना गरी आवश्यक जनशक्ति तयार गर्न कोशे ढुंगा साबित हुने उनले बताए

निजी क्षेत्र तथा सरकार मातहतका निकायहरूले एउटै थलोमा बसेर रोजगार सम्बन्धी सम्पूर्ण जानकारी लिन र दिन सक्ने मन्त्री भण्डारीले जनाए ।

उद्घाटन समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री टीका थापाले रोजगारीको अवसर जुटाउन मेलाले महत्त्वपूर्ण हुने धारणा राखिन ।

रोजगारीको अवसर कसरी प्राप्त गर्न रोजगारीको खोजीमा रहेका युवाहरूलाई रोजगारबारे कसरी जानकारी लिने भन्ने उद्देश्यका साथ श्रमाधान रोजगार मेला आयोजना गरिएको मन्त्रालयले जनाएको छ ।

मेलामा १२ वटा सरकारी र २७ निजी क्षेत्रका गरी ३७ वटा स्टलहरू रहेका छन् । यस्तै मेलामा रोजगारी सिर्जनामा सरकार र निजी क्षेत्रको भूमिका,वर्तमान श्रम बजारमा सीप प्रमाणीकरण र पूर्व सिकाई मान्यताको भूमिका,अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा, सुदूरपश्चिमका लागि नेपाली श्रम बजार किन यति सुदूर लगायत सात वटा सामूहिक छलफल तथा कार्यशाला पनि सञ्चालन गरिँदै छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्