Monday, June 17Nepal News Portal
Shadow

नेप्से ४.५९ अंकले घट्यो


काठमाडौं । साताको कारोबारको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले घटेर बन्द भएको छ । आज नेप्से ४.५९ अंकले घटेर दुई हजार ७३.१९ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ५ अर्ब १८ करोड ९० लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९७ वटाको बढेको छ भने १४७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा स्टर्न हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड, सिटी होटल लिमिटेड र कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

आज बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ३ लाख बराबरको कारोबार भएको छ ।

Total Page Visits: 52 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्