Monday, June 17Nepal News Portal
Shadow

पाटा अन्तर्राष्ट्रियको उपाध्यक्षमा पाण्डे निर्विरोध


 

काठमाडाै‌ं ।  सिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्षमा सुमन पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्रतिस्पर्धी अमेरिकाका गुवामका जेराल्ड पेरेजले आफ्नो मनोनयन फिर्ता लिएपछि उनी निर्विरोध भएका हुन् ।

नेपाल सन् १९७५ देखि पाटाको सदस्य रहँदै आएको छ । नेपालबाट पाटाको अन्तर्राष्ट्रिय मुख्यालयमा यो तहको प्रतिनिधित्व पहिलोपटक भएको बताइएको छ । पाण्डे यसअघि सन् २०२० देखि २०२४ सम्म दुई कार्यकाल पाटाको सचिव तथा कोषाध्यक्षको भूमिकामा रहेका थिए । उनी एक्सप्लोर हिमालय ट्राभल एन्ड एड्भेन्चरका अध्यक्ष हुन् ।

पूर्ण कार्यसमितिको नतिजा अनुगमन समितिबाट पेस भएपश्चात् शुक्रबार बसेको पाटाको साधारणसभाले अनुमोदन गरेको हो । सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्यसमितिको अध्यक्षमा इन्डोनेसियाका पिटर सिमोन, उपाध्यक्षमा नेपालका पाण्डे, सचिव–कोषाध्यक्ष थाइल्यान्डका एसियन ट्रैलस निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा थाइल्यान्डकै बेन मोनटगोमरी, भारतका सञ्जित जैन र सिंगापुरका मयुर पटेल निर्वाचित भएका छन् ।

उपाध्यक्षमा निर्वाचित पाण्डे ३५ वर्षदेखि ट्रेकिङ, ट्राभल, हेलिकोप्टर, वायुसेवा, होटेल, रेस्टुरेन्टलगायत व्यवसायमा संलग्न रहँदै आएका छन् । उनी ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल ९टान०को अध्यक्ष, नेपाल पर्यटन बोर्डको सदस्य, एरलाइन्स अपरेटर एसोसिएसन अफ नेपालका महासचिव, नेपाल पर्यटन वर्ष २०११ का कार्यकारी सदस्य, पाटा नेपाल च्याप्टरका अध्यक्ष रहिसकेका छन् । सन् २००९ डिसेम्बर ४ मा कालापत्थरमा भएको मन्त्रिपरिषद् बैठकको मुख्य संयोजनकर्ता पाण्डे नै थिए ।

 

Total Page Visits: 43 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्