Saturday, June 14Nepal News Portal
Shadow

‘पार्टी एकताको अझै सम्भावना’ : उपप्रधानमन्त्री पोखरेल


काठमाडौं, पुस २४ (ससं) । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो गल्तीलाई स्वीकार गरेर फर्किए पार्टी एकताको अझै सम्भावना रहेको बताएका छन्।

जिल्लाको खाडीचौरमा आयोजित नेकपा का अगुवा कार्यकर्ता भेलामा उनले प्रचण्डले अहिलेसम्मको सबै गल्तीलाई सच्याएर फर्किन चाहेमा अझै पार्टी एकताको सम्भावना रहेको बताएका छन्।

“प्रचण्डलाई हामीले कार्यकारी अधिकारबाट हटाए पनि अध्यक्षबाट हटाएका छैनौँ । उहाँ फर्किएर आउनुहुन्छ भने नयाँ ढङ्गबाट पुन : अगाडि बढ्ने छौँ”, पोखरेलले भने।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको उनले दाबी गरेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्