Thursday, July 3Nepal News Portal
Shadow

झोलुंगे पुलमा अड्किएका ११ खच्चडको उद्धार


काठमाडौं । कर्णाली नदीमा रहेको झोलुंगे पुलको जाली लत्रिँदा बीचभागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ। दुई खच्चडको भने मृत्यु भएको छ।

अछामको पञ्चदेवल विनायक नगरपालिका– ९ कालेकाँडा र दैलेखको आठबिस नगरपालिका– ६ खिड्कीजिउला जोड्ने झोलुंगे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीचभागमा अड्किएका थिए।

पुलको दाहिनेतर्फको जाली लत्रिएको थियो । खुट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाहिनेतर्फको भाग पुरै बांगो भएको छ। उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्