Tuesday, April 22Nepal News Portal
Shadow

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे


काठमाडाैं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । उनको विश्वासको मतका लागि दिउँसो ३ बजे प्रदेशसभा बैठक डाकिएको छ ।

संविधानको धारा १६८ (३ )बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बनेका उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । यद्यपि उनले बहुमत जुटाउन नसक्ने विपक्षीको दाबी छ ।

६० सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा -एमाले_ का २२, नेकपा -माओवादी केन्द्र_ का सात -सभामुखबाहेक_ राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

पाण्डेसँग हाल कांग्रेसका २७ सांसद मात्र छन् । राप्रपा मत दिन सकारात्मक देखिएको छ ।

त्यस्तै स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे पनि काठमाडौँबाट पोखरा आइसकेका छन् । उनले बहुमत पुग्ने सुनिश्चितता भए विश्वासको मत दिने hgfए ।

पाण्डेले विश्वासको मत दिन गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेकपा -एमाले_ प्रतिपक्षी माओवादी, राप्रपा, नेसपा र स्वतन्त्र सांसद राजीव गुरुङसँग आग्रह गरेका छन् । उनले आइतबार पत्र लेखेर मत दिन आग्रह गरेका हुन् । पाण्डेले बहुमत नपाए उपधारा -५)_ अनुसार सरकार बन्छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्