Saturday, June 14Nepal News Portal
Shadow

ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्दै


 

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । जेठ २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार २२ गते प्रथम वार्षिक साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव पारित गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवल, रुपन्देहीमा विहान ११ बजे सुरु हुनेछ । सर्वसाधारणमा शेयर निष्कासन गर्ने र सर्वसाधारणका लागि छुट्याईएको शेयरबाट ५ प्रतिशत शेयर छुट्याउने गरी प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ । यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । समूह क बाट सञ्चालक समितिको निर्वाचन गर्ने र स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तीको विषय पनि सभाका लागि तय भएको छ । सञ्चालकहरूको बैठक भत्ता तथा अन्य सेवा सूविधाका सम्बन्धमा समेत सभाले आवश्यक निर्णय गर्नेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्