Tuesday, June 18Nepal News Portal
Shadow

आईपीओपछि पहिलो साधारणसभा गर्दै चिरख्वा हाइड्रोपावर


 

काठमाडौ । चिरख्वा खोला हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

२७ जेठमा बसेको कम्पनी सञ्चालक समिति बैठकले २३ असारमा पाँचौं वार्षिक साधारणसभा बोलाएको हो ।

कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन गरेपछि आह्वान गरेको पहिलो साधारणसभा भएकाले सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने गरी दुई सञ्चालक समेत चयन गर्ने छ ।

कम्पनीको साधारणसभामा सञ्चालक समिति अध्यक्षले प्रस्ततु गर्ने २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरिने छ । त्यस्तै सोही आवको वार्षिक वित्तीय विवरण समेत पारित गर्ने प्रस्ताव सधारणसभामा छ ।

 

कम्पनीको ठेगाना परिवर्तन तथा प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव रहेको बताएकाे छ । साधारणसभाका लागि १२ असारमा सेयरधनी दर्ता किताब बन्द ९बुक क्लोज० हुने कम्पनीले बताएको छ ।

Total Page Visits: 22 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्