Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Thursday, January 23Nepal News Portal
Shadow

असार ७ गते विश्व योग दिवस मनाउने सरकारको निर्णय


काठमाडौँ। सरकारले यही असार ७ (२१ जुन २०२४) गते ‘विश्व योग दिवस’ मनाउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षा मन्त्री सुमना श्रेष्ठको अध्यक्षता बसेको मूल समारोह समितिको बैठकले ‘महिला सशक्तीकरणका लागि योग (महिला सशक्तीकरणको लागि योग) भन्ने आदर्श वाक्यका साथ मनाउने निर्णय गरेको हो।

बैठकले प्रदेश तह र स्थानीय तहमा समेत योग दिवस मनाउन पत्राचार गर्ने निर्णय गरेको छ। विद्यालयस्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय इकाई मार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय भएको छ। योग ध्यानसँग सम्बन्धित संस्थाहरूलाई योग ध्यानका कार्यक्रमहरू सञ्चालन गरी दिवस मनाउन अनुरोध गर्ने मूल समारोह समितिले बताएको छ।

असार ७ गने सञ्चालन हुने मूल कार्यक्रम प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा एस ओ एस स्कुल सानो ठिमी भक्तपुरको हातामा सञ्चालन गर्ने र यसको सञ्चालन तथा व्यवस्थापनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई जिम्मेवारी दिइएको छ। मूल समारोहमा उपस्थितिका लागि नेपाल स्थित कूटनैतिक नियोगलाई परराष्ट्र मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्