Monday, June 17Nepal News Portal
Shadow

एशियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी


काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बर्दिवास नगरपापालिका ३ गौरिबासमा एक कार्यक्रम आयोजना गरी मुत्यु दाबी बापतको रकम चार लाख ८४ हजार ९ सय रुपैयाँ बीमितको आमा भक्त कुमारी बुढाथोकीलाई दिएको हो ।

स्वनिज पुर्ण बहादुर बुढाथोकीले सुखी जीवन बीमा बीमाङ्ग २ लाख ६ हजार को बीमा गरेका थिए । स्व।पूर्ण वहादुर बुढाथोकिको गत भदौमा मोटर साईकल दुर्घटनामा परी मुत्यु भएको थियो । उक्त कार्यक्रमा अभिकर्ता, समाजसेवी, पुर्व कर्मचारी अस्मिता कार्की बर्दिवास शाखा प्रबन्धक इन्द्र बहादुर थापा मगरले उक्त रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।

Total Page Visits: 71 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्