Sunday, April 20Nepal News Portal
Shadow

नेप्समा ८.९० अंकको सुधार, ५ अर्ब ४९ करोडको कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से ) सामान्य अंकले बढेर बन्द भएको छ । आज नेप्से ८.९० अंकले बढेर दुई हजार ८२ .९ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ५ अर्ब ४९ करोड ६ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १७६ वटाको बढेको छ भने ६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेड र त्रिशुली जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज पिपुल्स पावर लिमिटेड र मोलुङ हाइड्रोपावर लिमिटेडको शेयरमूल्य आज ९ प्रतिशतले बढेको छ ।

आज जानकी कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ८.६७ प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४१ करोड ८७ लाख बराबरको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्