Wednesday, February 12Nepal News Portal
Shadow

मनकामना दरौँदी हाइड्रोपावरको ३२०% हकप्रद शेयर बिक्री खुला


काठमाडौं । मनकामना दरौँदी हाइड्रोपावरले आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ३२० %हकप्रद बिक्री खुला गरेको छ।

कम्पनी सञ्चालक समितिको जेठ ३ गते बसेको बैठकले गरेको निर्णयबमोजिम हाल कायम संस्थापक शेयरधनीहरुका लागि १ः३.२ अनुपातमा अर्थात ३२० प्रतिशत हकप्रद बिक्री खुला गरिएको हो। जसअनुसार १०० रुपैयाँ अंकित दरका कुल २८ लाख ५२ हजार ७७८ कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको नाममा रहेको सानिमा बैंकको बैंक खाता ९१००१००२००००००२ र एभरेष्ट बैंकको बैंक खाता ०४४००१०५२००७१४ मा हकप्रद शेयरबापतको रकम जम्मा गरेको भौचरसहित काठमाडौंको नागपोखरीस्थित कम्पनीको कार्यालयमा निवेदन दिनुपर्नेछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्