Tuesday, June 18Nepal News Portal
Shadow

टी-२० विश्वकपस् बंगलादेश दक्षिण अफ्रिकासँग पराजित


काठमाडौं । आइसिसी टी-२० विश्वकपमा रहेको बंगलादेश दक्षिण अफ्रिकासँग पराजित भएको छ।

सोमबार राति भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका लगातार तेस्रो पटक विजयी हुने क्रममा बंगलादेशविरूद्ध ४ रनको रोमाञ्चक जित निकालेको हो।

दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ७ विकेट गुमाएर १०९ रन मात्रै बनाउन सक्यो।

बंगलादेशका लागि टोहिड हृदोयले सर्वाधिक ३७ रन बनाए। उनले ३४ बलमा २ चौका र २ छक्का प्रहार गरे।

महमुदउल्लाहले २७ बलमा २ चौका प्रहार गरी २० रन जोडे।

कप्तान नजमुल हुसेन शान्तोले २३ बलमा १ छक्का प्रहार गरी १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ दक्षिण अफ्रिकाका केशव महाराजले ३ तथा कगिशो रबाडा र एनरिच नोर्त्जेले २र२ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेट गुमाएर ११३ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले सर्वाधिक ४६ रन बनाए। उनले ४४ बलमा २ चौका र ३ छक्का प्रहार गरे।

डेभिड मिलरले ३८ बलमा १ चौका र १ छक्का प्रहार गरी २९ रन जोडे।

क्वीन्टन डीककले ११ बलमा १ चौका र २ छक्का प्रहार गरी १८ रनको योगदान गरे।

अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ बंगलादेशका तान्जिम हसन साकिबले ३, तास्किन अहमदले २ र रिशद होसेनले १ विकेट लिए।

लगातार तेस्रो जितसँगै श्रीलंकाले अन्तिम ८ मा स्थान पक्का गरेको छ। अब उसले अन्तिम खेल नेपालसँग खेल्नेछ।

समूहको दोस्रो स्थानमा रहेको बंगलादेशले दुई खेलमध्ये १ जित र १ हार ब्यहोरेको छ। बंगलादेशले अब नेपाल र नेदरल्याण्ड्ससँग खेल्नेछ।

नेदरल्याण्ड्स तेस्रो, नेपाल चौथो र श्रीलंका पुछारमा छ।

दक्षिण अफ्रिकाबाहेक बाँकी तीन देशले दुईरदुई खेल खेलेको छ भने नेपालले एक खेल मात्रै खेलेको छ।

नेपालले अब श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ।

Total Page Visits: 59 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्