Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Sunday, April 13Nepal News Portal
Shadow

नेशनल लघुवित्तको संस्थापक शेयर विक्रीमा


काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका विभिन्न सात जना संस्थापक शेयरधनीहरूले संस्थापक शेयर विक्री गर्न ईच्छुक भई निवेदन पेश गरेकाले कम्पनीले सोही बमोजिम शेयर विक्रीमा ल्याएको छ ।

कम्पनीले विभिन्न सात जनाको नाममा रहेको कुल ४० हजार ९१४ कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले गणेशमान मुखियाको नाममा रहेको २ हजार कित्ता, सिता कार्कीको १० हजार कित्ता, रत्न बहादुर बस्नेतको १५ हजार कित्ता, चक्र प्रसाद खरेलको नाममा रहेको ५ हजार कित्ता, इन्द्र प्रसाद शर्माको नाममा रहेको २ हजार ७७ कित्ता, राम प्रसाद खरेलको नाममा रहेको ५ हजार कित्ता, टठ बहादुर पाण्डेको नाममा रहेको १८ सय ३७ कित्ता शेयर विक्रीमा राखेको छ ।

उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । खरिद गर्न ईच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेश गर्नु पर्नेछ । कम्पनीले तोको उक्त समयमा उक्त शेयर विक्री नभएमा शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गरिने जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्