Monday, June 17Nepal News Portal
Shadow

काठमाडौं महानगरले माग्यो करारमा १३७ नगर प्रहरी


काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नगर प्रहरी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको सैन्य पदको विज्ञापन नं। ०८०/८१र०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्ने गरी महानगरले १३७ जना नगर प्रहरी जवानका लागि आवेदन माग गरेको हो ।

नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरूमध्ये इच्छुक उम्मेदवारले ७ दिनभित्र काठमाडौं महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सूचना अनुसार दरखास्त पेस गर्दा वैकल्पिक दर्ता नम्बर खुलेको ढाँचा बमोजिमको निवेदन र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्ने छ ।

Total Page Visits: 35 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्