काठमाडौं । मंगलवार ४ कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी संस्थापक शेयर विक्रीमा ल्याएका छन् । नेशनल लघुवित्तले ४० हजार ९१४ कित्ता, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ३७ हजार १३६ कित्ता, मल्टीपर्पस फाइनान्सले १ हजार ३९४ कित्ता र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।
जेठ २९ गते ३५ दिने सूचना जारी गर्दै चारओटै कम्पनीहरूले विद्यमान संस्थापक शेयरधनीहरूलाई आवेदन पेश गर्न भनेका हुन । नेशनल लघुवित्तको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय बनेपा , काभ्रेपलाञ्चोकमा , श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा र मल्टीपर्पस फाइनान्सको शेयर खरीदका लागि केन्द्रिय कार्यालय जनकपुरधाममा आवेदन पेश गर्नुपर्नेछ ।
छिमेक लघुवित्तको प्रतिकित्ता ५०० रूपैयाँ तोकिएको यी शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय मध्यबानेश्वर, कठामाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूमा विक्री हुन नसकेमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन्