Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Thursday, January 23Nepal News Portal
Shadow

चितवन राष्ट्रिय निकुञ्जमा आइतबारबाट चरा गणना थालिने


काठमाडौं, पुस २४ (ससं) । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा आइतबारबाट चरा गणना थालिने भएको छ। नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ बाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गर्न लागिएको हो।

मौसम खराब भएपछि मध्य जनवरीलाई छुने गरी गणना शुरु गर्न लागिएको हो। गणनाको नेतृत्व गरेको वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्षका अनुसार चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिने छ।

चरा रहेका क्षेत्रलाई विभिन्न भागमा बाँडेर गणना गरिँदै छ। कसरादेखि लोथरसम्म एउटा क्षेत्र हुनेछ। लोथरदेखि जिन्दगानी घाटसम्म, जिन्दगानी घाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म तीन भाग बनाएर डुङ्गाबाट गणना गरिने छ।

निकुञ्जभित्रको लामिताल, तमोरताल, गरुढताल, बिसहजारी तालमा गणना गरिँदै छ। बिसहजारी तालभित्रका बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल र राइनो तालमा गणना गरिने उनले जानकारी दिएका छन्।

बूढी राप्ती, ढुङ्ग्रे खोला, भण्डाको मत्स्यपालन केन्द्रमा पनि गणना गरिने छ। नारायणी नदीतर्फ सिर्खौलीदेखि अमलटारी र अमलटारीदेखि त्रिवेणी गण्डक नहरसम्म पनि चरा गणना हुने सङ्घले जनाएको छ। यस वर्ष पहिलोपटक विस्तृतरुपमा रिउ खोलामा पनि चरा गणना गरिँदै छ। जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा तीन वटा समूह बनाएर गणना गरिँदै छ। पचासभन्दा बढी गणक सहभागी उनको भनाइ छ।

६ दिनभित्र गणना सम्पन्न गर्ने गरी तयारी गरिएको छ। गतसाल जिल्लामा ६४१ प्रजातिका चरा फेला परेका थिए। तीमध्ये ५७ जल प्रजातिका थिए। देशभरमा यो सङ्ख्या ८८७ रहेको छ। चरा गणनाका लागि सौराहा क्षेत्रका विभिन्न सङ्घ संस्थासँग सहयोग जुटाइएको छ। उनका अनुसार करिब एक लाख ८० हजार रुपैयाँ गणनामा खर्च गरिँदै छ। डुङ्गा, जीप र खानपानमा खर्च हुने गर्दछ।

गणना कार्यमा क्यामेरा, वाइनोकुलर र टेलिस्कोप लगायतका उपकरण प्रयोग गरिन्छ। नेपालमा मात्रै नभएर एशिया क्षेत्रमा नै यही समयमा चरा गणना हुन्छ। फोटो ग्राफरको पनि गणनामा सहभागिता हुनेछ। चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गरिन्छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्