Monday, June 17Nepal News Portal
Shadow

छिमेक लघुवित्तको संस्थापक शेयर प्रतिकित्ता पाँच सय रूपैयाँमा पाइने


काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । जेठ २९ गते कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी यी शेयर बिक्रीको सूचना जारी गरेको हो ।

प्रतिकित्ता ५०० रूपैयाँ तोकिएको यी शेयर खरिदका लागि इच्छुक खरीदकताहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्न सक्नेछन् । इच्छुक खरीदकर्ताहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

आवेदकमा शेयरको कित्ता समेत खुलाउनुपर्ने जानकारी कम्पनीले दिएको छ । यस अवधिसम्म विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर बिक्री नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने जानकारी कम्पनीले दिएको छ

Total Page Visits: 51 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्