काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र (ज्ञानबहादुर) शाहीले भ्रष्टाचारका फाइल खुल्छन् कि भनेर आफूहरु संसदमा हेरिरहेको जनाएका छन् ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई उनको प्रश्न छ, ‘गिरीबन्धु टि स्टेटको फाइल कहिले खोलिन्छ यो संसदमा हामी सुन्न आतुर छौं ।’
उनी थप प्रश्न गर्छन, ‘मेलम्ची, वाइडबडी, फोरजी कहिले खुल्छ रु नेपाल ठूलो हो कि जिबी राई हो’
सहकारी रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जिबी राईलाई छिटो भन्दा छिटो नियन्त्रणमा लिन उनको आग्रह छ ।
गृहमन्त्री हुनु अगाडि रवि लामिछानेले जिबी राईलाई आकासमा, पातालमा भएपनि खोजेर ल्याउँछु भनेको स्मरण गर्दै उनले भने, ‘कहिले ल्याउनुहुन्छ ।’
धेरै गृहमन्त्री फेरिएको तर, निर्मला पन्तको हत्यारा कारबाहीको दायरामा आउन नसकेको भन्दै उनले गृहमन्त्रीलाई पश्न गरे, ‘निर्मलाको हत्यारालाई सजाय कहिले हुन्छ ।