Thursday, March 13Nepal News Portal
Shadow

एक्कर्ड फर्मास्युटिकल्सले बोलायो विशेष साधारणसभा


काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्सले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले असार १४ गते बसेरा बुटिक होटल बबरमहलमा दिउँसो १२ः३० बजे गर्ने बताएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

सभाले अधिकृत पूँजी तथा जारी पुँजी बृद्धि गर्ने, प्रबन्धपत्रको दफा (६) को उपदफा (क, ख, ग तथा घ)संशोधन गर्ने, पुँजी बृद्धि, हकप्रद शेयर निष्काशन गर्ने लगायतका दफा संशोधन गर्ने, नियमनकारी निकायबाट कुनै फेरबदल किसिमको, संशोधन तथा थपघट सम्बन्धी निर्देशन प्राप्त भएमा सोही अनुरुप कार्य गर्न सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने बताएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्