Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Tuesday, March 18Nepal News Portal
Shadow

सीआईटीको लाभांश घोषणा


काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) ले आर्थिक वर्ष २०७९.८० का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको आम्दानी बाँडफाँड हिसाब विवरणबाट कोषका शेयरधनीहरुलाई कुल १४.७३६८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश छन्।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले बताएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्