Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Monday, February 10Nepal News Portal
Shadow

लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा डा.तिलकराम आचार्य नियुक्त


काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राध्यापक डा तिलकराम आचार्य तेस्रो कार्यकालका लागि नियुक्त भएका छन् ।

विश्वविद्यालयले रजिष्ट्रार नियुक्तिका लागि गत चैतमा खुला प्रतिस्पर्धा गराएको थियो । प्रतिस्पर्धाबाट पहिलो नम्बरमा सिफारिस भएका आचार्यलाई उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले रजिष्ट्रार नियुक्तिका लागि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष सिफारिस गरेका थिए ।

प्रधानमन्त्री दाहालले आचार्यलाई शुक्रबार बिहान नियुक्ति पत्र प्रदान गरेका छन् ।

तेस्रो कार्यकालका लागि नियुक्त आचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्‍याउने गरी काम गर्ने बताए । देवदहमा नयाँ परियोजना सुरु गरिएको भन्दै शैक्षिक कार्यक्रमको विस्तार र भौतिक पूर्वाधारका योजनालाई सँगसँगै लगिने उनले बताए ।

रजिष्ट्रार छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्य डा। रमेश पौडेलको अध्यक्षतामा मध्यपश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा।डा। उपेन्द्र कोइराला र प्रा। डा। पुष्कर बज्राचार्य सदस्य रहेको समिति बनाइएको थियो । सोही समितिले ९ जना मध्येबाट आचार्यलाई सिफारिस गरेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्