Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Saturday, March 22Nepal News Portal
Shadow

सिंहदरबार अब सबैका लागि खुला छ : गृहमन्त्री लामिछाने


काठमाडौं । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार आम नागरिकका लागि खुला भएको जनाएका छन् ।

सिंहदरबार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने उनले जनाए । आफ्नो मान्छे सिंहदरबारमा भए मात्रै प्रवेश पाउने पाउने अवस्था अब अन्त्य भएको गृहमन्त्री लामिछानेले जनाए ।

मन्त्रालय सम्हालेको सय दिनमा आफ्ना कार्यबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले भने,‘ सिंहदरवार छिर्न अब कसैलाई चिन्नुपर्दैन। चिनेका आधारमा पास पाएर मात्रै आफ्नो काम गराउन पाउने, आफ्नो मान्छे भित्र भएर मात्रै फोन गरिदिएर भित्र छिर्ने पाउने अवस्थालाई अन्त्य गर्ने प्रयास हो ।’

पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार प्रवेश गर्न इच्छुकका लागि मन्त्रालयले नयाँ प्रणालीको विकास गरेको छ । नयाँ प्रणाली परीक्षणका क्रममा रहेकाले केही समय भने दुख पहिलेकै जस्तै अवस्था झेल्नुपर्ने हुनसक्ने गृहमन्त्री लामिछानेले बताए । प्रवेश पासको नयाँ व्यवस्थाले पुरानो प्रणाली भने तत्काल नहट्ने गृहमन्त्री लामिछानको भनाइ छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्