काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउन मापदण्ड बनाउनुपर्ने जनाएकी छिन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गौतमले नेपालमा संख्यामा भन्दापनि गुणस्तरमा आधारित पर्यटक भित्र्याउनुपर्ने जनाएकी हुन् । उनले त्यसको लागि मापदण्ड बनाउनुपर्ने पनि जनाइन् ।
उनले भनिन्, ‘साँच्चिकै परिवर्तन गर्ने हो भनेदेखि गुणस्तरमा आधारित पर्यटकहरु भित्राउनुपर्छ । त्यसको लागि मापदण्ड तयार गर्ने कुरामा सरकार संवेदनशील हुनुपर्यो ।’
उनले नीति नै बनाएर खर्च गर्नसक्ने पर्यटक मात्रै भित्र्याउनुपर्ने बताइन् । नेपालको पर्यटनको मूल आधार हिमाल, प्राकृतिक सम्पदा र संस्कृतिहरु रहेका भन्दै त्यहाँ नआउने पर्यटकहरुबाट पर्यटन प्रवर्द्धन नहुने उनले बताइन् । उनले संख्यामा पर्यटक गन्न छोड्नुपर्ने जनाइन् ।