Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Monday, February 10Nepal News Portal
Shadow

नेपाल साउथ अफ्रिकासँग एक रनले पराजित


काठमाडौं । टी २० विश्वकपमा नेपाल तेस्रो खेलमा दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ । जितको नजिक पुगेको नेपालले पीडादायी हार स्वीकार गर्न बाध्य भएको हो ।

अन्तिम ओभरमा नेपाललाई जितका लागि ८ रन चाहिएको थियो । तेस्रो बलमा गुल्शनले चौका हान्दै जितको आशा जगाएका थिए । चौंथो, बलमा थप दुई रन जोडेपछि नेपाल जितको नजिक देखियो । अन्तिम दुई बलमा नेपाललाई दुई रन मात्र चाहिएको थियो । तर, गुल्शन दुवै बलमा चुके ।

अन्तिम बलमा एक रन लिएर खेल सुपर ओभरमा लैजाने मौका थियो । गुल्शन समयमै रनका लागि नदौडिँदा अर्को इन्डसम्म पुग्न सकेनन् र रनआउट भए ।

१७ ओभरको खेल समाप्त हुँदासम्म नेपाल ३ विकेट क्षतिमा ९८ रन बनाएर सहज जितको बाटोमा थियो । तर, १८ औं ओभरको खेलमा ट्विस्ट आयो । ताब्राइज साम्सीले दिपेन्द्र सिंह ऐरी र आसिफ शेखलाई तीन बलको अन्तरालमा आउट गरेपछि नेपाली टिम तनावमा देखियो । लगत्तैको ओभरमा कुशल मल्ल पनि आउट भएपछि खेल दक्षिण अफ्रिकाको पक्षमा मोडियो ।

१९ औं ओभरको पाचौं बलमा छक्का हान्दै सोमपाल कामीले फेरि नेपाली समर्थकलाई उत्साहित तुल्याएका थिए । तर, अन्तिम ओभरमा उनी ब्याटिङमा उत्रिन पाएनन् ।

यो हारसँगै नेपाल सुपर ८ को दौडबाट बाहिरिएको छ । आज जितेको भए बंगलादेशविरुद्धको अन्तिम म्याच निर्णायक हुने थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्