Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Tuesday, March 18Nepal News Portal
Shadow

निर्जीबन बीमक तथा नेपाल पुनर्बीमा कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले जेठ ३२ गते सम्पुर्ण निर्जीबन बीमा कम्पनी तथा लघु निर्जीबन बीमा कम्पनीका पुनर्बीमा विभाग प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं कमलादी स्थीत रोयल सिंगी होटलमा आयोजना गरिएको कार्यक्रममा चालु आर्थिक बर्षका ब्यावसायिक अनुभव तथा समस्याहरुमा छलफल गर्दै आगामी आर्थिक बर्षका बीमक तथा पुनर्बीमकका अपेक्षाहरु आदान प्रदान गरिएको थियो ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि पुनर्बीमा सम्झौता नविकरणपुर्व आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा, सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी तथा बिभागिय प्रमुखहरु र निर्जीबन बीमा कम्पनी तथा लघु निर्जीवन बीमा कम्पनीका तर्फबाट पुनर्बीमा विभागका बिभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।

पुनर्बीमकका हैसियतले नेपाल पुनर्बीमा कम्पनी र बीमा कम्पनीहरुसँग हुने पुनर्बीमा सम्झौतामा रहेका शर्तहरुलाई आपसी समझदारीमा टुङ्ग्याउनका लागि बीमा कम्पनीहरुसँग पहिलो चरणको छलफल मात्र भएको र थप छलफल पछि अन्तिम निर्णयमा पुग्ने जनाइएको छ ।

अन्तरक्रिया कार्यक्रमको शुरुवात अन्तराष्ट्रिय ख्याती प्राप्त प्रेरक वक्ता बिके रमण भट्टराईले सहजकर्ताको रुपमा वास्तबिक जिवनका भोगाइहरु शेयर गरेका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्