Sunday, July 13Nepal News Portal
Shadow

‘लाटाकोशेराहरू घाम लागेका ठाउँमा टिक्न सक्दैनन् : प्रधानमन्त्री ओली


काठमाडौं, पुस २४ (ससं) । प्रधानमन्त्री केपी शर्मा ओलीले लाटा कोशेराहरू घाम लागेका बेला टिक्न नसक्ने बताएका छन्।

शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रचण्डसँगको पार्टी एकताका विषयमा बोल्दै प्रधानमन्त्री ओलीले जसरी लाटोकोशेरो झलल घाम लागेको बेला टिक्दैन। त्यसरीनै अध्यारोमा हिँड्ने, अध्यारोमा उड्ने, अध्यारोमा चर्ने बानी गरेका घाम लागेपछि टिक्न नसक्ने बताएका हुन्।

‘लाटोकोशेरो झलल घाम लाग्यो भने टिक्न सक्दैन। त्यसरीनै अध्यारोमा हिँड्ने, अध्यारोमा उड्ने, अध्यारोमा चर्ने बानी गरेकाहरू घाम लागेपछि टिक्न सक्दैनन्’, उनले भने, ‘यहाँ चेतनाको ज्योति छरिन्छ। यहाँ भ्रम हटाइन्छ। यहाँ अन्धकारका विरूद्ध लडाईँ गरिन्छ। त्यसकारण यस ठाउँमा लाटाकोशेराहरू टिक्न सक्दैनन्।’

उनले प्रचण्डलाई पार्टीमा राख्न धेरै पहल गरेको बताए। ‘काम लाग्छ कि भनेर मैले प्रचण्डलाई पनि पार्टीमा ल्याएँको थिएँ। तर धैरै स्याम्पु सिद्धिए, धेरै ड्रम पानी सिद्धिए, धेरै डल्ला साबुन सकिए। उहाँ जस्ताको तस्तै’, उनले भने, जतिनै गरे पनि उहाँको बानी, उद्धेश्य, विचार, प्रवृत्ति र मति जस्ताको तस्तै भयो, उहाँ टिक्न सक्नुभएन।’

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्