Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
नेसनल फन्डको ५०% हकप्रद बिक्रीमा आउँदै – Udhyognews.com
Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Thursday, March 20Nepal News Portal
Shadow

नेसनल फन्डको ५०% हकप्रद बिक्रीमा आउँदै


काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्टले आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने भएको छ।

कम्पनीको जेठ २५ को विशेष साधारणसभाबाट पारित भई सञ्चालक समितिको निर्णयबमोजिम चुक्तापुँजी ५४ करोड रुपैयाँको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गर्ने निर्णय गरेको छ। कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २७ करोड रुपैयाँको हकप्रद शेयर जारी गर्नेछ।

कम्पनीका अनुसार असार १९ गतेबाट साउन २२ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरिनेछ। यो हकप्रदमा गत जेठ ३२ गतेसम्म कायम संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन पाउनेछन्।

इच्छुक संस्थापक शेयरधनीले सानिमा बैंकमा रहेको कम्पनीको बैंक खाता ९१००१००१००००२४६ मा रकम जम्मा गरेको भौचर कम्पनीको कार्यालयमा बुझाउनुपर्नेछ। भौचरअनुसारको चेक भुक्तान हुन नसकेमा उक्त दरखास्त रद्द हुने कम्पनीले स्पष्ट पारेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्