Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Thursday, January 23Nepal News Portal
Shadow

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा


काठमाडौं । माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट कुनै निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिएको बैंकले बताएको छ।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित बाघदरबार जेडीए कम्प्लेक्समा रहेको माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा दिन सकिने बैंकले बताएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्