Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug/inc/functions.php on line 597
Sunday, July 14Nepal News Portal
Shadow

नेप्समा १७०.४ अंकको गिरावट, ५ अर्ब ४७ करोडको कारोबार


 

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  साताको कारोबारको पहिलो दिन आज आइतबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से १७.०४ अंकले घटेर दुई हजार ९५ .२५ विन्दुमा बन्द भएको हो ।

नेप्सेमा आज ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ६४ वटाको बढेको छ भने ११७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा नेपाल फाइनान्स लिमिटेड र मनकामना स्मर्ट लघुवित्त वित्रीय संस्था रहेका छन् । यी दुई कम्पनीको शेयरमूल्य क्रमशः १० प्रतिशत र ९.९४ प्रतिशतले बढेको छ ।

आज भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । सबैभन्दा बढि नेपाल फाइनान्स लिमिटेडको ३० करोड ४० लाख बराबरको कारोबार भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्