Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Wednesday, March 19Nepal News Portal
Shadow

बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैनः पशुपति


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद पशुपति शमशेर जबराले आगामी आर्थिक वर्षको बजेटले मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा २०८१ को विभिन्न शीर्षकहरूमाथि जारी छलफल अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमाथि छलफलमा भाग लिँदै उनले यस्तो जनाएका हुन् ।

सांसद जबराले जिडिपीको वृद्धिदर सुस्त रहेको, मुद्रास्फिती उच्च रहेको र बेरोजगारी बढ्दो क्रममा रहेको अवस्थालाई मध्यनजर नगरी बजेट ल्याइएको बताए । उनले सरकार र अन्तर्राष्ट्रिय साझेदारहरूले यसको प्रभावलाई कम गर्न उपायहरू सुझाइरहेको भएपनि त्यसअनुसार बजेट नआएको बताए । उनले जनताको क्रय शक्ति धेरै घटेको बताए । आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने भन्ने योजना बजेटमा नरहेको उनले बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्