Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Sunday, April 13Nepal News Portal
Shadow

७ इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र रद्द


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ७ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र रद्द गरेको छ । कम्पनीहरूले तोकिएको समय भित्र अनुमतिपत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्रका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र रद्द गरेको हो ।

प्राधिकरणका अनुसार सेवा प्रदायकहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको छ । अनुमतिपत्र रद्द भएपनि ती सेवा प्रदायकले नेपाल सरकार तथा प्राधिकरणमा नियमानुसार तिर्नरबुझाउन पर्ने रकम ३० दिन भित्र बुझाउनुपर्ने छ ।

प्राधिकरणले वशिष्ठ केबल, इन्फो नेट टेक्नोलोजी, सिम्पल इन्टेलिजेन्स सिस्टम एण्ड टेक्नोलोजी, एसिया नेट कम्यूनिकेश, फास्ट स्पिङ लिंक, यस नेट नेपाल, मिथिला डिजिटल नेपालको अनुमतिपत्र रद्द गरेको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्