काठमाडौं, पुस २४ (ससं) । धेरै हल्लाखल्लाका साथ सुरु भएको ‘द भ्वाइस अफ नेपाल’ले खुब चर्चा पनि कमायो। कान्तिपुर टेलिभिजनबाट प्रसारित ‘रियालिटी शो’ले धेरै प्रतिभालाई अवसर पनि दियो। जब सिजन-२ को घोषणा भयो, एकाएक यो शो विवादमा तानियो।
‘सरप्राइज’सहित घोषणा भएको सिजन-२ मा नयाँ कोचका रुपमा राजु लामा र आस्था राउत ‘इन’ भए, पुराना कोच सनुप पौडेल र अभया सुब्बा बाहिरिए। बाँकी दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेल यथावत् रहे।
कान्तिपुर टेलिभिजनबाट हिमालयन टेलिभिजनमा सरेको शो पटक पटक बिवादमा आइरहन्छ।
अहिले सिजन ३ को तयारी भइरहँदा पनि सो विवादमा तानिएको छ । अहिले सोबाट आस्था राउत आउट भएकी छन् । सिजन २ चलिरहँदा “म भ्वाइसको कोच हुँ, त डण्ठे” भनेर प्रहरीलाई गरेको गाली खुब भाइरल भएको थियो । त्यतिबेला नै उनलाई निकाल्ने गाइगुई हल्ला चलेको थियो ।
अहिले मेलिना राई इन भएकी छिन् । आस्थालाई निकालेर मेलिनालाई राखेको भनेर बजारमा हल्ला चल्न थालेको छ तर एक टेलिभिजनमा अन्तर्वार्ता दिदै आस्थाले कोरोनाको कारणले आफुले समय दिन नसकेको बताएकी छिन् ।