Warning: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Saturday, June 14Nepal News Portal
Shadow

काठमाडौं महानगरले बन्द गरायो श्री केश तेलको बिक्री


काठमाडौं। कपाल उमार्ने, झर्नबाट रोक्ने भन्दै महँगो शुल्क लिएर बिक्री गरिँदै आएको श्री केश तेलको मुख्य कार्यालयमा काठमाडौं महानगरले छापा मारेको छ।
बिनाअध्ययन जडीबुटीयुक्त तेल उत्पादन गर्दै महँगो शुल्क लिएर तेल बिक्री गरिरहेको भन्दै कम्पनीको आलोचना भइरहेका बेला महानगरले कार्यालयमा छापा मारेर तत्कालका लागि बिक्री वितरण बन्द गराएको हो।

काठमाडौं महानगर राजस्व विभागका प्रतिनिधि टंकप्रसाद बरालले आइतबारबाटै तेल बिक्री वितरणमा रोक लगाएको बताए। ‘श्री केश तेलको विषयमा जनगुनासो बढेपछि महानगरले अध्ययन गर्दा केही गल्ती भेटिएको छ’, बरालले भने, ‘थप अध्ययनका लागि केही स्याम्पल लिएका छौं। केही दिनभित्रै रिपोर्ट सार्वजनिक गर्छौं।’

सप्तऋषि आयल एन्ड कस्मेटिक प्रालिले उत्पादन गर्दै आएको श्री केश तेल एक बोतल तेल ३ हजार रुपैयाँमा बिक्री वितरण गर्दै आएको छ। महानगरले कार्यालयमा रहेको बोर्डसमेत हटाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्