काठमाडौं । होटल एलिस द वन्डर इन लिमिटेडले १३.५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ९ करोड रुपैयाँ को आधारमा १३.५ कित्ताका दरले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि कम्पनीले असार १९ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीको सम्पर्क कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा उक्त दिन बिहान १० बजे सभा गर्ने निर्णय भएको हो ।
सभाले हकप्रद शेयर जारीपछि कम्पनीको पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि पारित गर्नेछ । यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।